कर्णालीमा पहुँचवाला संक्रमितलाई हेलिकोप्टरबाट उद्धार, गरीबलाई बेवास्ता !
हुम्ला : कोभिड-१९ संक्रमणबाट हुम्लामा एक जनाको मृत्यु भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका २ रिप गाउँका ५७ वर्षीय टोप्ले विश्वकर्माको मृत्यु भएको हो । उनलाई श्वास प्रश्वासमा समस्या थियो ।
बुधबार उनको रिर्पोट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई श्वासप्रश्वासको समस्या बढेको थियो । उपचारका लागि घोडा चढाएर जिल्ला अस्पताल लैँजादै गर्दा बाटैमा मृत्यु भएको हो । श्वासप्रश्वासमा पटक पटक समस्या आएपछि आफन्तले गाउँपालिकासँग उद्धारका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
तर गाउँपालिका र प्रदेश कर्णाली प्रदेश सरकारले बेवास्ता गर्दा उनको ज्यान गएको छोरा भीमबहादुर विश्वकर्माले गुनासो गरे । कर्णाली प्रदेश सरकारले दुर्गमका संक्रमितलाई अवस्था जटिल भएमा हेलिकोप्टरबाट उद्धार गर्ने निर्णय गरेको थियो ।
तर पहुँच नभएकै कारण समयमै उद्धारको पहल नगरिदिँदा उनले ज्यान गुमाउनु परेको छोराहरुको गुनासो छ । उनको गाउँमै शव व्यवस्थापन गरिएको छ । रिप गाउँ सदरमुकाम सिमीकोटबाट दुई दिनको पैदल दुरीमा पर्छ ।
केही दिन अघि जिल्ला स्वास्ंथ्य संयोजक सन्तोष धामीको स्वास्थ्य अवस्था जटिल भएपछि गाउँपालिकाको पहलमा उद्धार हुँदा उनको ज्यान जोगिएको थियो । हेलिकोप्टरको भाडा पचास प्रतिशत उनले पनि तिरेका थिए । आधा भाडा भने गाउँपालिकाले तिरेको थियो ।
हुम्लाबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएका उनको तीन हप्तापछि बुधबार रिर्पोट नेगेटिभ आएको छ भने स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएको छ ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया