सेयर बजारमा सुधार

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अंकले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता सेयर ८१ हजार चार सय ५१ पटक खरिदबिक्री हुँदा तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ६२, जीवन बीमा समूह एक दशमलव १४, निर्जीवन बीमा समूह एक दशमलव ३१ र व्यापार समूह शून्य दशमलव आठ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव १५ र लघुवित्त समूह शून्य दशमलव ८३ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पाँच दशमलव ६९ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको १४ करोड ६७ लाख ९३ हजार एक सय ५६ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण काबेली लिमिटेडको सात लाख तीन हजार ९२ कित्ता सेयर किनबेच भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया