खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा, छुट्ने वा थुनामै रहने आजै थाहा हुने

काठमाडौँ - पूर्व गृहमन्त्री बालकृष्ण खाणको मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल रहेका खाणको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश कोइरालाको इजलासमा परेको हो ।
सो मुद्दामा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा गत मंसिर १५ गते राय बाझिएको थियो । त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा सो मुद्दा पठाउने निर्णय भएको थियो ।
न्यायाधीश पाण्डेले खाणलाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए भने खरेलले थुनामै राख्नुपर्ने राय दिएका थिए । उनीहरुको रायमा कसको निर्णय निर्णायक हुने भन्ने न्यायाधीश कोइरालाको आजको इजलासले निर्धारण गर्छ । खाण छुट्छन या थुनामै रहन्छन् आजै थाहा हुन्छ ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया