टिकटक प्रतिबन्धविरुद्ध दायर रिटको सुनुवाई ०८१ वैशाखमा हुने

काठमाडौँ - टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्धको दायर रिट निवेदन माथि यो वर्ष सुनुवाइ नहुने भएको छ ।
बुधबार न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी रहेको मुद्दा हेर्न नभ्याउने भएपछि सुनुवाइको पालो अर्को वर्ष, २०८१ का लागि सरेको हो। टिकटक प्रतिबन्धविरुद्धको मुद्दामा सुनुवाइका लागि आगामी वर्षको वैशाख २७ गतेलाई पेसी तोकिएको छ।
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतले मंसिर ५ गते कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश विनोद शर्माको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सरकारसँग लिखित जवाफ मागेको थियो । सरकारका तर्फबाट लिखित जवाफ पेस भइसकेको छ। पछिल्लो समय पेसी तोकिने र सुनुवाइ नहुने हुँदै आएको छ । यसअघि मंसिर १९ र २७ गते सो मुद्दाको पेसी तोकिएको थियो । दुवै पटक सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो ।
सरकारले कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको विरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका थिए । हाल १४ रिट निवेदन सर्वोच्चमा दायर छन् ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया