बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौँ- उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार उच्च अदालत पाटनले खाणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौँले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो ।
उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताए । उनले न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको बताए ।
उनले यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेस भएको बताए ।
उच्च अदालत पाटनले गत १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले खाणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।

कमजोर अर्थतन्त्रलाई सुदृढ बनाउन सबै एकजुट हुनुपर्छ : नेता सिटौला

नेतृत्व नसच्चिए देश दुर्घटना नजिक : गोपीबहादुर सार्की

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्नः ‘जनताको बहुदलीय जनवाद’ पुँजीवादी सरकारम…

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

सकियो नेपाल फिनटेक फेस्टिवलः नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र …
यी हुन् सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक

राजतन्त्रकालमा १० वर्षमा मुद्दा सकियो, थप ४ वर्ष फ्रिमा थुनिदियो : प्रधानमन्त्री …

प्रतिक्रिया