शनिबार १७ साउन, २०८२
Saturday, August 02, 2025

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

दिउँसो १२:१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा मुख्य त राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने बताइएको छ ।

त्यस्तै महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।