एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु हुँदैन : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थका लागि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु नहुने बताएका छन् ।
वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको समेत बताए । उनले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नका लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताए ।
महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गरे ।
शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कुनै एक समूहको स्वार्थ र फाइदाका लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताए । उनले कुनै अध्ययन आधारबिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्सचेन्ज दिँदा कुशासनको अर्को प्रकरण सुरु हुने जिकिर गरे ।
महामन्त्री थापाले मुलुक एक पछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भयो भने अर्को दुर्भाग्य हुने चेतावनी दिए । उनले सरकारबाट भाषण सुशासनको र निर्णय कुशासनको गर्ने काम हुनु नहुने बताए । उनले नयाँ स्टक एक्सचेन्जको विषयमा समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएको भन्दै सचेत गराउँदा गराउँदै अनुमति दिए कुशासनको अर्को धब्बा लाग्ने दाबी गरे ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने उनकाे भनाइ छ ।
थापाले कांग्रेसले सरकारले गरेका गलत कामलाई रोक्नुपर्ने बताए । उनले अहिले नागरिकहरू कुशासनबाट आजित भएको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया