सर्वोच्च अदालतमा विचाराधीन मुद्दाहरूलाई छिटोभन्दा छिटो फर्छ्यौट गर्न प्रयास गर्छु : प्रस्तावित न्यायाधीश मुसलमान

काठमाडौँ- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका मुद्दाहरूलाई छिटोभन्दा छिटो फर्छ्यौट गर्न आफ्नो प्रयास रहने बताएका छन् ।
संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा आफ्नो अवधारणापत्र र कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश मुसलमानले सर्वोच्च अदालतमा विचाराधीन रहेका फर्छ्यौट हुन नसकेका मुद्दाहरूको छिटो फर्छ्यौट गर्न आफ्नो प्रयास रहने बताएका हुन् । उनले इजलासमा पेस भएका मुद्दाहरूको सोही दिन फर्छ्यौट गर्ने पनि आफ्नो प्रयास रहने भनाइ राखे ।
यस्तै अनावश्यक आदेशलाई निरूत्साहन गर्ने पनि प्रस्तावित न्यायाधीश मुसलमानले बताए । उनले साना प्रकृतिका, वैवाहिक र विशिष्टीकृत विवाद समावेश भएको मुद्दाहरूका लागि छुट्टै इजलास गठनको प्रयास गर्ने आफ्नो कार्ययोजना रहेको पनि बताए ।
‘भनिन्छ, न्याय ढिलो दिनु न्याय दिन इन्कार गर्नु हो । सर्वोच्च अदालतमा विचाराधीन फर्छ्यौट हुन नसकेका मुद्दाहरूलाई फर्छ्यौट गर्ने मेरो प्रयास रहनेछ । इजलासमा पेस भएका मुद्दाहरूको सोही दिन फर्छ्यौट गर्ने । अनावश्यक आदेशलाई निरूत्साहन गर्ने । साना प्रकृतिका, वैवाहिक र विशिष्टीकृत विवाद समावेश भएको मुद्दाहरूको लागि छुट्टै इजलास गठनको लागि प्रयास गर्ने,' उनले अगाडि भने, 'सरकारवादी देवानी फौजदारी र अन्य मुद्दाहरूको छुट्टाछुट्टै बार तोक्ने । इजलासको मर्यादा कायम तथा व्यवस्थापनमा जोड दिने । समय व्यवस्थापनमा ध्यान दिने ।’
उनले आफू न्यायाधीश बनेमा ‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिबद्धता’ भन्ने नारालाई आत्मसात् गर्दै काम गर्ने पनि बताए ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया