एनएसएलको ५० औँ खेलमा झापा र ललितपुरको बराबरी

काठमाडौँ- दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी एफसीले अंक बाँडेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा ललितपुरले झापा एफसीसँग गोलीरहित बराबरी खेलेको हो ।
ललितपुर र झापाबीचको खेल समग्रमा एनएसएलको ५० औँ खेल हो । यसअघिको पहिलो संस्करणमा समग्रमा २५ खेल भएको थियो । जारी सिजनमा भने २५ खेल पूरा भएको छ ।
बराबरीसँगै ६ खेलबाट १० अंक जोडेको ललितपुर तालिकाको दोस्रो स्थानमा यथावत् छ । शीर्ष स्थानको धनगढी एफसीको भने ५ खेलमा ११ अंक छ ।
झापाले ६ खेलबाट ७ अंक जोडेको छ ।
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया