काठमाडौँ र ललितपुरको कहाँ-कहाँ अवरूद्ध हुँदैछ बिजुली ?

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार ट्रान्सफर्मर स्तरोन्नति गर्न लागेकाले काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।
काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रको हेपाली फिडरअन्तर्गत पर्ने हेपाली हाइट, देउराली जनता, कुँवर कोलोनी, कृष्ण मन्दिर हुँदै ग्रीनल्याण्ड चोक, इशान हस्पिटल क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । यी स्थानहरूमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकारणले जनाएको छ ।
त्यस्तै ललितपुरको पुल्चोक वितरण केन्द्रको रिङरोड फिडरअन्तर्गत पर्ने नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबीघाट, नयाँ बाटो, सनराइज टावर, आफल्डोल एरियामा पनि विद्युत् अवरूद्ध हुनेछ ।
प्राधिकारणका अनुसार टेकु सबस्टेशन १३२ केभीमा स्तरोन्नती गर्न लागेकाले आज बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_ZUi0UiGC9P_q3yn2wc2fjjttnwfbm8dgacxtqhp9tkvvklyjtb4wosgbtr0pdky5suckhik.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

प्रतिक्रिया