मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणमा सरकारले हेलचेक्र्याइँ गरेको छ : उपाध्यक्ष पाण्डे

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले मध्यपहाडी पुष्पलाल लोकमार्ग निर्माणका लागि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।
शनिबार तेह्रथुममा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले पछिल्लो समय मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिएर सरकारले बजेट निकासा नगरेको उल्लेख गरे । उनले मध्यपहाडी लोकमार्गका केही ठाउँमा बजेट नै निकासा नगरेको पाइएको बताए ।
सरकारले हेलचेक्र्याइँ अन्त्य गरी तत्काल लोकमार्गका लागि बजेट विनियोजन गर्नुपर्ने उपाध्यक्ष पाण्डेले बताए । उनले एमालेप्रति जनताको उत्साह र भरोसा धेरै रहेको पाएको भनाइ राखे ।
यात्रामा पार्टीका कार्यकर्ताभन्दा नागरिकहरू स्वागतका लागि आएको भन्दै उनले नागरिकको विश्वासलाई पार्टीले राजनीतिमा परिणत गर्न प्रयास गर्नुपर्ने बताए । उनले मध्यपहाडबाट भइरहेको बसाइँसराइ ठूलो चुनौती रहेको र यसको समाधानका लागि स्थानीय विकासमा केन्द्रित हुन आवश्यक रहेको बताए ।
मध्यपहाडको भौगोलिक अवस्थाजन्य ढंगले बस्ती विकास गर्ने, शहर बढाउने, उत्पादनलाई बढाउने र औद्योगिकीकरणको आधारशीला निर्माण गर्नसके मध्यपहाड सोचेको जस्तै शिक्षा र स्वास्थ्यको हब बन्ने दाबी गरे ।
उपाध्यक्ष पाण्डेले वर्तमानका समस्या समाधान गर्न नसक्ने पार्टी बुढो हुने बताए । पार्टीको स्थापना मितिले पार्टी बुढो नहुने उनको भनाइ थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया