सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएका छौं : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले मानव सेवा आश्रमका लागि सहयोग गर्न सबैलाई अपिल गरेका छन् ।
मानव सेवा आश्रममा चन्दा दिनुभन्दा ठूलो धर्म अरू नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो । हेटौंडास्थित मानव सेवा आश्रमको मुख्य कार्यालय भवनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो आश्रमको सहयोगका लागि आफूले निरन्तर कोसिस गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सरकारले २०८२ सालसम्म मुलुकलाई सडक मानवमुक्त राष्ट्र बनाउने लक्ष्य लिएको उल्लेख गरे । त्यस अवसरमा प्रधानमन्त्री दाहालले प्रदेशहरूमा मानव सेवा आश्रमका भवन निर्माणमा संघ, प्रदेश र स्थानीय तह सबैबाट सहयोग जुटाउने काममा पनि आफू लागिपर्ने आश्वासन दिए ।
प्रधानमन्त्री दाहालले मानवीय सेवाको काममा समर्पित भएर लागि परेको भन्दै मानव सेवा आश्रममा त्यसमा संलग्न अभियन्ताहरूप्रति आभार पनि व्यक्त गरे ।

गृह श्रमिकहरूलाई कानुनी मान्यता दिन सरकारको तयारी

बुढी गण्डकीका सिईयोले लिए सपथ, परिणाममुखी काम गर्न उर्जा मन्त्रीको निर्देशन

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवा…

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

अर्थमन्त्री पौडेलद्वारा समयतालिका बनाएर बजेट कार्यान्वयन गर्न निर्देशन

अनलाइन सञ्चारमाध्यमको दर्तासम्बन्धी नयाँ व्यवस्थालाई स्वीकार गर्नुपर्छः मन्त्री गुरु…

यस्ता छन् मन्त्रिपरिषद्का निणर्यहरू

प्रतिक्रिया