चितवनले इलामसँग बराबरी खेल्दा पोखराको जित

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवन र स्पोर्टिङ इलाम एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा चितवन र इलामले गोलरहित बराबरी खेलेका हुन् ।
समान ७ खेल खेलेको चितवनको ६ र इलामको ५ अंक छ ।
यसअघि शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले वीरगञ्ज युनाइटेडलाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।
जोय आइडुको गोलमा पोखराले छैटौं मिनेटमा अग्रता लिएको थियो । तर, त्यसको पाँच मिनेटपछि वीरगञ्जका अकिन्स के बाफोउरले गोल फर्काएर खेल बराबरीमा ल्याए ।
४५ औँ मिनेटमा पोखराका मोसेस ग्यावाहले गरेको गोल नै पोखराको जितका लागि निर्णायक बन्यो ।
जितसँगै ६ खेलबाट पोखराले ११ अंक जोडेको छ । वीरगञ्जको भने ६ खेलबाट ५ अंक छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया