हुम्लामा श्रीमतीको उपचार नगरेको भन्दै शिक्षकले कुटे स्वास्थ्यकर्मी
हुम्ला : हुम्लामा आफ्नो श्रीमतीको उपचार गर्न दैनिक नआएको भन्दै स्वास्थ्यकर्मीमाथि शिक्षकले कुटपिट गरेका छन् । हुम्लाको दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक काली बहादुर बुढालाई शिक्षक अमृत रोकायाले कुटपिट गरेका हुन् । चंखेली पुग्न सदरमुकाम सिमीकोटबाट दुई दिन पैदल हिड्नुपर्छ ।
श्रीमती कोरोना संक्रमित भएर होम आइसोलेसनमा भएका बेला उपचार गर्न नआएको भन्दै शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढामाथि कुटपिट गरेका स्थानीयले बताएका छन् । शिक्षक रोकायाले स्वास्थ्यकर्मी बुढाको शरिरमा आगो लगाउन स्प्रे पनि छरेको स्थानीयको भनाइ छ । तर नजिकै रहेका अरु स्थानीयले रोकेका थिए ।
घटनाबारे जानकारी आएको र थप अनुसन्धान सुरु गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन दिइएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
यसअघि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा मृत्तकका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गरेका थिए भने केही दिनअघि मोरङमा प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया