एमालेकाे संकल्प यात्रा चिवाभञ्ज्याङमा पुगेर सकियाे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राले अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको बताएका छन् ।
मङ्सिर १४ गते पश्चिमको सिमाना महाकाली नदी किनारको झुलाघाटबाट सुरु भएको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको आइतबार पूर्वको सिमाना पाँचथरको चिवाभञ्ज्याङमा समापन गर्दै अध्यक्ष ओलीले संकल्प यात्रा राजनीति प्रति जनतामा फैलँदै गएको निराशालाई आशामा परिणत गरेको र अवाञ्छित चिन्तन र विचारलाई हतोत्साहित गरेको बताएका हुन् ।
अभियानका क्रममा मध्यपहाडको विशेषता, परिचय, समस्या र सम्भावना बुझ्ने मौका पाएको ओलीले जिगिर गरे । यसले वैचारिक र सूचनाका हिसाबले पार्टीलाई थप मजबुत बनाएको ओलीले बताए । ओलीले मध्यपहाड विकासको योजना बनाउन यसले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । ओलीले यात्राले देश विकासको खाका बनाउने आधार तयार गरेको ओलीले दाबी गरे ।
उनले यात्रामा सहभागी लाखौँ नेपाली जनता र एमालेका नेता कार्यकर्तालाई धन्यवाद दिए । संकल्प यात्रा समापनका क्रममा ओलीले राष्ट्रिय झण्डा फहराएका थिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया