देशको राजनीतिलाई अलपत्र अवस्थामा चलाउन दिँदैनौँ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीति अलपत्र रूपमा चल्न दिन नसक्ने बताएका छन् । आइतबार पाँचथरको चिवाभञ्ज्याङमा मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित यात्राको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संकल्प यात्राले देशको बिग्रँदो अवस्थालाई सुधारेर जनतालाई आशावादी बनाउनुपर्नेमा जोड दिएको जिकिर गरे । उनले जनतामा निराशा फैल्याउने काम अहिलेको गठबन्धनले गरेको आरोप लगाए । उनले अभियानले देशका जनतामा पुनःजागरणको अवस्था सिर्जना गरेको पनि दाबी गरे । उनले देशको राजनीतिलाई सही बाटो र निकास निकाल्नुपर्ने अवस्था रहेको बताए ।
नेकपा एमालेले झुलाघाटबाट सुरु गरेको समृद्धि सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन भएको हो । मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा १८ औँ दिनमा मध्यपहाडी लोकमार्गको अन्तिम विन्दु पाँचथरको चिवाभञ्ज्याङमा टुङ्गिएको हो ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया