डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति

डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका-५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गए राति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो ।
विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु एक करोड २० लाख, कैलपाल मेडिकलको रु ८० लाख र शिशिर फेन्सीका रु ८० लाख बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।
अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए । सदरमुकाममा यस किसिमका आगलागीका घटना भइ रहन्छन् । हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीन पटक आगलागी भएको छ ।
यसैबीच, धनकुटा नगरपालिका-५ कर्मिटार बस्ने विश्वबन्धु थापाको गोठ र सोही स्थानका काजीनारायण खड्काको घरमा आज आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । रासस

हजार घरधुरीलाई बरदान बनेको पुलमा पुग्दा मेयर सापकोटाले सम्झिने किटिनेको त्य…

अब सुई लगाएर तौल घटाउन सकिने, भारतले बनायो सिरिन्ज

‘प्रिमियम हस्पिटालिटी आउटलेट’ निर्माणमा विशिष्ट पहिचान बनाउँदै ‘आरजी क्रिएसन्स’

भिरबाट लडेर महिलाको मृत्यु

नदीजन्य विपद् कम गर्न नदीबाट निकालियो दुई हजार ट्रिप माटो

मुस्ताङका चार पालिकामा घुम्ती गोठ

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रतिक्रिया