विवाहपछि ‘उमा’ बन्दै पर्दामा काजोलको कमब्याक

मुम्बई : विवाहपछि अभिनयबाट छोटो ब्रेक लिएकी अभिनेत्री काजल अग्रवालले नयाँ फिल्म साइन गरेकी छिन् । सुजय घोषले निर्माण गर्ने फिल्मको नाम ‘उमा’ रहने काजोल स्वयंले इन्स्टा पोस्टमार्फत जानकारी गराएकी छिन् ।
उनले आफू यो फिल्मका लागि उत्साहित रहेको बताउँदै फिल्मको सेटमा फर्कन आतुर रहेको बताएकी छिन् । विवाहको पृष्ठभूमिमा बन्ने यो फिल्ममा अपरिचित ‘उमा’को आगमनसँगै घटने घटनाक्रमलाई पर्दामा देख्न पाइने बताइएको छ । यो फिल्मलाई तथागत सिंहले निर्देशन गर्नेछन् ।
महामारीपछि फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा अभिनय गर्ने बाँकी कलाकार तथा प्राविधिकको नाम चाँडै सार्वजनिक गरिने समाचारमा बताइएको छ । तमिल र तेलगुसँगै हिन्दी फिल्ममा अभिनय गर्ने काजलले गत साल विवाह गरेकी थिइन् । त्यसयता उनले साइन गरेको ‘उमा’ पहिलो फिल्म हो । दक्षिण भारतको तुलनामा भने उनले हिन्दी फिल्ममा सोचेझैं सफलता पाएकी छैनन् । उनले अजय देवगनको ‘सिंघम’बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

प्रतिक्रिया