सरकारले भ्रष्टाचारी र तस्करलाई कारबाही गर्न थालेपछि राज्य दोहन गर्नेलाई पचाउन गाह्रो भो : दीपशिखा

काठमाडौँ- काठमाडौँ- नेकपा माओवादी (केन्द्र)का युवा नेता तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले हिलोमा चुर्लुम्म डुबिरहेकाहरूले माओवादीको पिठ्यूँमा लागेको दाग देखाइरहेको टिप्पणी गरेका छन् ।
माओवादी(केन्द्र)को विद्यार्थी पार्टी कमिटीद्वारा आइतबार पेरिसडाँडामा आयोजित बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा नेता सापकोटाले यस्तो टिप्पणी गरेका हुन् ।
'माओवादी नेतृत्वको सरकार र पार्टीले भ्रष्टाचारीहरूलाई थुन्ने, तस्करहरूलाई कारबाही गर्ने गर्यो । पछिल्लो परिवर्तनको रक्षक भएर उभियो' सापकोटाले भने 'जुन कुरा हिजो पुस्तौँदेखि राज्य दोहन गर्नेहरूको शिविर र त्यस वरपरकाहरूलाई पचाउन कठिन भइरह्यो ।'
उनले कथित पपुलिष्ट पोलिटिक्सका बाहकहरू खुइलिँदै जानु र परिवर्तन पक्षधर शक्तिहरूबीच विभाजन ल्याउन असभव हुँदै गएपछि प्रतिकृयावादीले बदनाम र दुष्प्रचारको नीति लिएको नेता सापकोटाले आरोप लगाए ।
विद्यार्थी महाशाखाको बैठकले विभिन्न शाखाहरूमा नेताहरूको कार्यविभाजन तथा प्रशिक्षणलगायत विविध कार्यक्रमहरू सार्वजनिक गरेको महाशाखा सचिव उपेन्द्र शाहीले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया