वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, नागरिकता अध्यादेशविरुद्धका रिटमाथि सुनुवाइ जारी

काठमाडौँ : सर्वोच्च अदालतमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शुक्रबार संवैधानिक इजलास गठन गरेका हुन् ।
९ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकता सम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्ने उक्त संवैधानिक इजलास गठन गरिएको हो । इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
यसअघि प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा पनि संवैधानिक इजलास गठन गरिएको थियो तर इजलास गठनको प्रक्रियामा विवाद भएको थियो । शुक्रबार नागरिकता अध्यादेशविरुद्धको रिटमाथि सुनुवाइ सुरु भइसकेको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया