नेपालको हवाई उडान कालोसूचीमा पर्नुको कारणबारे नेपाल एयरलाइन्ससँग छलफल गर्ने

काठमाडौँ- संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (इयु) को कालोसूचीबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग छलफल गर्ने भएको छ ।
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले सो सम्बन्धी छलफल गर्नका लागि पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो । निगम पदाधिकारीहरूले आज समितिको बैठकमा गरेको प्रारम्भिक बिफ्रिङ चित्तबुझ्दो नभएकाले पुनः छलफल गर्नका लागि पुस ५ गतेको बैठक बोलाइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए ।
निगमले नेपालको हवाई उडानलाई इयुको कालोसूचीबाट हटाउने सम्बन्धी विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ । निगमले नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दोष लगाउने भन्दा पनि आफूले जिम्मेवार ढंगले कार्ययोजना पेस गर्नुपर्ने बताए ।
बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले इयुको प्रतिवेदनमा औंल्याइएको विषयलाई हल गरेर त्यसको कालोसूचीबाट नेपालको हवाई उडानलाई हटाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वमा सबै हवाई उडान प्रदायक संस्थाहरूले मिलेर काम गर्नुपर्ने बताए । उनले नेपाल वायुसेवा निगम एक्लैको कारणले नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचीमा यस वर्ष पनि राखेको भन्ने कुरा साँचो नभएको जिकिर समेत गरे ।
कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडानको क्षेत्रमा संरचनागत सुधारको पक्षलाई पनि इयुले औंल्याएको उल्लेख गर्दै ती समस्याको समाधान नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्वमा मात्रै सफल हुने बताए ।
कार्यकारी अध्यक्ष अधिकारीले नेपालको हवाई उडान इयुको कालोसूचीमा पर्नुमा क्यानमाथि पनि प्रश्न औंल्याएको आरोप लगाए ।

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

प्रतिक्रिया