राजु तामाङले जिते सिटी एक्सप्रेसको मेगा बम्पर उपहार

काठमाडौँ - सिटी एक्सप्रेस मनी ट्रान्सफरको बम्पर उपहार अन्तर्गत साउदी अरबबाट रेमिटेन्स पठाउने राजु तामाङले ५ लाख ३० हजार ७५० जित्न सफल भएका छन् । तामाङले आफूले पठाएको ५३ हजार ०७५ को १० गुणा गरेर सो रकम जित्न सफल भएका हुन् । मेगा बम्पर उपहार अन्तर्गत सिटीले आज “आफूले पठाएको भन्दा १० गुणा बढी पाउने” विजेताको नाम घोषणा हो ।
चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको उपस्थितिमा विद्युतीय प्रणालीद्वारा विजेता छनौट गरिएको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गतेसम्म चल्ने गरी लगातार ६१ दिन सम्म चल्ने “विदेशबाट सिटी पठाऔँ, पठाको भन्दा १० गुणा बढी पाऔं” उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार, ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई पाँच सयको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जस अन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार ( रु ५०० को वालेट टप् अप ) , ४५ जनाले साप्ताहिक उपहार ( जनही २५ हजार) र २ जनाले मासिक उपहार (जनही एक लाख ) जित्न सफल भईसकेका छन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_vQS1bezqK1_dqft6o1dhm8daednwkf1hhfd0lnvuucedyrajyu42oisezapdt1hzu80nmim.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया