भृकुटीमण्डपका निम्न व्यवसायीहरूको माग एक महिनामा सम्बोधन गर्न मन्त्री आचार्यको निर्देशन

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपका निम्न व्यवसायीहरूको माग सम्बोधन हुनुपर्ने बताएका छन् ।
सोमबार भृकुटीमण्डपस्थित खुला बजारको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो कार्यकालमा जे भाषण गरिन्छ त्यो काम पूरा गर्ने गरी अघि बढेको जिकिर गरे । उनले भृकुटीमण्डपको अस्तव्यस्ततालाई सुधार गर्न जरुरी रहेको पनि बताए ।
मन्त्री आचार्यले प्लास्टिकको छानालाई सेमी स्टलको रूपमा व्यवस्थित गर्न र ढल, खानेपानी, र शौचालयको व्यवस्थापनको काम एक महिना सुरु गरिसक्न भृकुटीमण्डप सञ्चालन विभागलाई निर्देशन दिए ।
उनले भने, ‘म चाहन्छु, मेरो कार्यकालमा जे बोलिन्छ, जे भाषण गरिन्छ, जे प्रतिवद्धता व्यक्त गरिन्छ । त्यो काम पूरा हुनुपर्छ । म आइसकेपछि विगत भन्दा केही बजेट यस पटक थपिएको छ । भृकुटीमण्डपको जुन अस्तव्यस्त अवस्था छ, त्यसलाई सुधार गर्नुपर्छ । त्यहाँका निम्न व्यवसायीहरूको माग सम्बोधन गर्नुपर्छ । यस पटक बजेट बढी छुट्याइएको छ, बजेट छुट्याउनु मात्रै होइन त्यसको कार्यान्वयन र काममा पनि परिणाम देखिनुपर्छ ।’
मन्त्री आचार्यले केही व्यापारीहरू भृकुटीमण्डपको व्यापार छोडेर अन्यत्र जान चाहने तर हक ट्रान्सफर नहुने समस्या रहेको भन्दै यस समस्या समाधानका लागि तत्काल पहल गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीसहित २९ जना आज स्पेन जाँदै

हामी मिसन-८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री ओली

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

प्रतिक्रिया