'वायुसेवा निगमकै कारण नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचीमा राखेको भन्नु सही हाेइन'

काठमाडौँ- नेपाल वायुसेवा निगमले आफ्ना कारणले मात्रै नेपालको हवाई उडानलाई इयुको कालोसूचीमा राखेको भन्ने विषय सही नभएको जनाएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले वायुसेवा निगमकै कारण नेपालको हवाई उडान क्षेत्रलाई इयुले कालोसूचीमा राखेको विषय सही नभएको बताएका हुन् ।
उनले पछिल्लो पटक नागरिक उड्डयन प्राधिकरणमाथि प्रश्न राख्दै पत्र इयुबाट प्राप्त भएको जिकिर गरे । नागरिक उड्डयन प्राधिकरण नियामक निकाय भएकाले प्राधिकरणले एयरलाइन्सलाई समेटेर समस्याको समाधान गर्नुपर्ने उनले बताए ।
त्यस्तै अधिकारीले वायुसेवा निगमको जहाज सिड्नी उडाउनका लागि तयारी भइरहेको जानकारी दिए । ठूला विमानहरूले निरन्तर उडान भर्दा नियमित गर्न विमानको अभाव हुने उनको भनाइ छ । उनले बजार हस्तक्षेपका साथै सेवा विस्तार गर्न केही विमान लिजमा लिने तयारी भइरहेको पनि उल्लेख गरे ।
समितिले नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राखिएको विषयमा विस्तृत रूपमा पुन: निगमसँग छलफल गर्ने जनाएको छ ।

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छः उपाध्यक्ष घिमिरे

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

प्रतिक्रिया