एमाले–माओवादी विवाद : जनप्रतिनिधिको भिडन्तले रन्थन्निएको डोल्पा

सुर्खेत : नेकपाको विघटनपछि डोल्पाको मुड्केचुला गाउँपालिकामा एमाले र माओवादीका जनप्रतिनिधिबीच बढेको विवाद बढेको छ । एमाले र माओवादीका जनप्रतिनिधिबीच विवादमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठसमेत मुछिएका छन् ।
श्रेष्ठले एमालेका जनप्रतिनिधिहरूलाई सघाएपछि माओवादीबाट निर्वाचित अध्यक्ष दत्तबहादुर शाही एक्लिएका छन् । गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमत भएकाले माओवादीबाट निर्वाचित जनप्रतिनिधि प्रतिपक्षको भूमिका जस्तो भएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।
‘गाउँपालिकाको अफिसमा आउने जाने काम हुन्छ तर गाउँपालिकाले गर्ने महत्वपूर्ण निर्णयमा मेरो कुनै भूमिका छैन’, इकागजसँग कुरा गर्दै गाउँपालिकाका अध्यक्ष शाहीले भने,‘गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बहुमत भएकाले हाम्रो केही चल्दैन ।’
गाउँपालिकामा माओवादी र एमालेका जनप्रतिनिधि मात्र छन् । १८ सदस्यीय कार्यपालिकामा एमालेमा १२ र माओवादीका ५ जना जनप्रतिनिधि छन् । त्यस्तै\ गाउँपालिकामा एमालेबाट २५ सदस्य र माओवादीबाट १९ जना जनप्रतिनिधिहरू छन् । हाकिमले एमालेका जनप्रतिनिधिसँग मिलेर आफ्ना सबै काम तथा योजनाहरू रोकिदिएको अध्यक्ष शाहीको आरोप छ ।
‘गाउँपालिकाका बैठकहरुमा पनि गुट र उपगुट बनाई एकलौटी ढंगले जान खोजेका हुन्छन्’ शाहीले भने, ‘गाउँपालिकामा म अल्पमतमा छु, हाकिमले एमालेले जे–जे भन्छन् त्यही गर्छन् ।’
यता प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने आफू नीति र प्रक्रिया अनुसार काम गरिरहेको बताएका छन् । ‘म कार्यपालिकाको निर्णयलाई मानेर काम गरिरहेको छु’, श्रेष्ठले भने,‘म यहाँ आएको दुई महिना भयो विधि र प्रक्रियाअनुसार काम गरिरहेको छु ।’

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया