पार्टीको विधान संशोधन गर्दै नेकपा एस

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीको विधान संशोधन गर्ने तयारी थालेको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले विधान संशोधन प्रस्ताव पेस गरेको हो ।
आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सचिवालय बैठकमा प्रस्ताव पेस गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । विधान संशोधन प्रस्तावमाथि मंगलबार पनि सचिवालय बैठकमा छलफल हुने उनले बताए ।
प्रस्तावमाथि आएका सुझावहरूलाई समेटेर अघि बढाइने उनकाे भनाइ छ ।
सचिवालयको बैठकपछि पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिटब्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने समाजवादीले जनाएको छ । त्यस्तै समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया