न्यायाधीशमा प्रस्तावित ६ जनाको सुनुवाई सकियो
काठमाडौँ - सं सुनुवाई समितिमा सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको सुनुवाई सकिएको छ ।
सिंहदरबारमा सोमबार बसेको बैठकले प्रस्तावित न्यायाधीशमध्ये सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालसँग सुनुवाई गरेसंगै ६ जनाकै सुनुवाई सकिएको हो । सुनुवाई भएका प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदनका लागि पुष ४ गते बैठक बस्ने समितिले जनाएको छ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो जसमध्ये सोमबार संसदीय सुनुवाईका क्रममा प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले छिटो न्याय प्रदान गर्ने, पुराना मुद्दाहरुलाई किनारा लगाउँदै जाने कुरालाई एकीकृत कार्ययोजनाका साथै प्रणालीगत विकास गर्नुपर्ने बताए । उनले बहस व्यवस्थापन सम्बन्धमा लिड लयरको व्यवस्थापन गरि बहस गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै अर्का प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालले न्यायसेवाको गुणस्तर, सहज कार्यवातावरण र छिटो न्याय प्रदानका साथै विकृति, भ्रष्टाचार अन्त्य गर्न आफुले पहल गर्ने बताए । उनले न्यायिक सुधारका लागि यसअघि आएका प्रतिवेदनका आधारमा यस क्षेत्रको सुधारका लागि पनि आफू लागिपर्ने जिकिर गरे । .....
बैठकमा समिति सदस्यहरुले सहज रुपमा छिटो न्याय प्रदान गर्न प्रस्तावित न्यायाधीशहरुको कार्ययोजनाका बारेमा प्रश्न गरेका थिए । सुनुवाई समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरे मात्रै नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया