'एकीकृत व्यापारी व्यवस्थापन प्रणाली' सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौँ- माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले पौष २ गते “Unified Merchant Management Systems (MMS)” 'एकीकृत व्यापारी व्यवस्थापन प्रणाली' Getpay (गेट पे) सञ्चालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् । उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका थिए ।
नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक MMS सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरूलाई बैंक र व्यापारीहरूले एकीकृत रूपमा व्यवस्थापन गर्न सक्नेछन् ।
सम्झौताले व्यापारीहरूको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग अलग रजिष्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ । यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरू तथा सञ्जालहरूलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरूलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरूको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरूमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेसन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरूले अझ परिष्कृत सेवाहरू प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् ।
सम्झौतापछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रूपमा थपिने दाबी गरेका छन् ।

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

प्रतिक्रिया