शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह

फाइल तस्बिर

महेन्द्रनगर (धनुषा)- विश्व हिन्दू परिषदले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ ।

परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्का केन्द्रीय सदस्य डा मनोहर साहले बताए ।

सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभ विवाहको आयोजना गरेको पनि परिषद्का केन्द्रीय सदस्य साह बताउँछन् । 

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा, एक थान पोतेसहितका आवश्यक पर्ने सबै सामग्री परिषद्ले निःशुल्क रूपमा उपलब्ध गराएको थियो । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउन निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुलाबेहुलीको छनौट गरिएको केन्द्रीय सदस्य साहले बताए । 

विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन कलवार धर्मशालामा परिषद्ले नै गरेको छ । विगत पाँच वर्षदेखि विश्व हिन्दू परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनाका साथै अर्थका कारणले विवाह हुन नसकेकालाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरूले बताएका छन् । 

विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । विवाहका नाममा लिने दाइजो (दहेज) प्रथालाई चुनौती दिँदै ती जोडीहरूलाई आदर्श विवाह गरिएको हो । प्रत्येक जोडीका लागि छुटाछुट्टै मण्डप अर्थात् मडबा बेदी बनाइएको जिल्ला अध्यक्ष सन्तोष साहले बताए । सामूहिक विवाहका लागि जनकपुरका सहयोगी हातहरूले सहयोग गरेका छन् । 

आयोजकले विवाहपूर्व झाँकी पनि निकालेर नगर परिक्रमा गरेको थियो । जनकपुरधाम रामसीताको विवाहस्थल भएकाले वैवाहिक संस्कार विकास गर्न र देश विदेशबाट यहाँ व्यक्तिहरू विवाहका लागि आउने वातावरण तयार गर्न नै परिषद्ले सनातन परम्पराको सामूहिक विकास हेतु सामूहिक विवाहको कार्यक्रम आयोजना गरेको केन्द्रीय सदस्य डा मनोहर साहले बताए । गरिब र असहायलाई विवाहमा लाग्ने भारी खर्चबाट पनि जोगाउनु सबैभन्दा ठूलो दान कन्यादानको अवसर सबैले पाऊन् भन्ने वातावरण तयारी लागि पनि यो अवसर उपयुक्त हुन्छ भनेर नै यो सामूहिक विवाह उत्सव अवसरका रूपमा रहेको केन्द्रीय सदस्य साहले बताए ।

आज बिहान  कलवार कुट्टीमा वरवधू पक्षलाई भोजनपश्चात् नगर परिक्रमा गराएको थियो । विश्व हिन्दू परिषद् नेपालले गरेको सामूहिक विवाहको आह्वानमा तराई मधेसको विभिन्न जिल्लाका बेहुलाबेहुली पक्षले विवाहका लागि फारम भरेका थिए । कानुनअनुसार बेहुलाबेहुलीको विवाह गर्ने उमेर पुगेको हुनुपर्ने सर्त राखिएकाले २० वर्षमाथिका बेहुलाबेहुलीको अभिभावकले फाराम भरेको थियो । आवेदन फाराममा वर र वधूको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको थियो । रासस

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…