पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव
पोको एम ५ को साथमा नेक्स्ट लेवल मोबाइल गेमिङ र सहज डिजिटल जीवनशैली

काठमाडौँ- नेपाल-इन्डष्ट्रि रिफाइनिङ स्मार्टफोन ब्रान्ड पोकोको बजेट फ्रेन्डली पोको एम ५ सुलभ मूल्यमा गेमिङको मजा लिनेहरूका लागि लक्षित गरी बनाइएको स्मार्टफोन हो । ४ जिबी + ६४ जिबीलाई मात्र रु. २०,४९९ र ६ जिबी + १२८ जिबीलाई मात्र रु. २३,९९९ को आकर्षक मूल्यमा किन्न सकिने पोको एम ५ ले किफायती र उत्कृष्ट फिचरहरूको आकर्षक संयोजन प्रदान गर्दछ ।
पोको एम ५ मिडियाटेक हेलियो जि ९९ चिपसेटसहित आउँदछ जसले सिमलेस मल्टिटास्किङ र गेमिङ अनुभव सुनिश्चित गर्दछ । यस ६ एनएमको प्रोसेसर पहिलेको नै शक्तिशाली मिडियाटेक हेलियो जि ९६ को अपग्रेड हो जुन रु. ३०,००० भन्दा माथिका स्मार्टफोनमा मात्र पाइन्छ । यसमा रहेको गेम टर्बो ५.० फिचरले गेमिङ पर्फरमेन्सलाई उत्कृष्ट बनाउँछ ।
पोको एम ५ को एक उल्लेखनीय फिचर भनेको यसको ९० हर्जको डायनामिक स्विच डिस्प्ले हो जसले तपाईँको प्रयोगको अनुसार आफै डिस्प्लेको रेफ्रेश रेट घट–बढ गर्छ । यसमा रहेको ६.५८ इन्चको फुल एचडी र डटड्रप डिस्प्लेसहित २४० हर्जको स्याम्प्लिङ रेटले उत्कृष्ट र छरितो टच रेस्पन्स प्रदान गर्दछ जसले गर्दा तपाईँको गेमिंग अनुभव उत्कृस्ट हुन्छ । साथमा सनलाइट डिस्प्लेले बाहिरी वातावरणमा पनि उत्कृष्ट भिजिबिलिटी सुनिश्चित गर्दछ ।
फोटोग्राफीमा इच्छुक ग्राहकहरूका लागि पोको एम ५ मा पछाडि ५० मेगापिक्सेलको ट्रिपल क्यामेरा सेटअप छ भने यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ । साथमा यस स्मार्टफोनको ५,००० एमएचको ब्याट्री लाइफ र बक्समा पाइने २२.५वाटको फास्ट चार्जरको मद्दतले दिनभरको निर्बाध प्रयोगलाई सुनिश्चित गर्दछ ।
सुपथ मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोन चाहेको ग्राहकहरूकलाई बलियो प्रदर्शन, उत्कृृृष्ट डिस्प्ले, लामो ब्याट्री लाइफ, आकर्षक डिजाइन, र भर्साटाइल क्यामेरा प्रणालीको संयोजनले पोको एम ५लाई एउटा आकर्षक अपसनको रूपमा स्थिापित गरेको छ ।
उत्कृष्ट फिचर र आकर्षक प्रदर्शनसहितको किफायती मूल्यमा पाइने पोको एम ५ ले पोकोको लेगसीलाई कायम राखेको छ । पोको एम ५ ले किफायती मूल्यमा प्रिमियम अनुभव प्रदान गर्दै बजेट स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने वाचा गरेको छ ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया