प्रदेश-२ मा केन्द्रकै मोडलको सहकार्य, कांग्रेस उपसभापति निधि बाधक

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रदेश -२ मा सत्ता समिकरणमा कांग्रेस सहभागी हुनुपर्नेमा जोड दिएका छन् । उनी जनकपुर जानुअघि कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई पनि भेटेर सत्ता सहकार्यको विषयमा छलफल गरेका हुन् । उनले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि उक्त प्रस्ताव राखेका थिए ।
प्रदेश-२ मा निधिका कारण नै कांग्रेस पटक-पटक समस्या परेको भनिरहँदा यादवले निधिसँग वार्ता गरेका हुन् । निधिले बिहीबार शेरबहादुर देउवासँग भेटेर केन्द्रमा जे भए पनि प्रदेशमा केपी शर्मा ओली पक्ष एमालेसँग मिलेर सहकार्य गर्ने विषय सुनेपछि यादवले निधि भेटेका हुन् । संविधान जारी भएपछिको पहिलाे आम निर्वाचनमा माओवादीसँग कांग्रेसले गर्ने भनेको सहकार्य प्रदेश दुईमा नै कुरा नमिलेपछि बिग्रिएको यथार्थ कांग्रेसको हो ।
राष्ट्रिय राजनीतिमा यितबेला जसपा यादव समूह र माओवादी दुवै कांग्रेससँग रहेको अवस्थामा ओलीसमूहसँग कांग्रेसी केही नेता किन लालयीत भएको भन्दै यादवले निधिलाई सहकार्यमा जोड दिएका हुन । प्रदेश-२ को सरकारबारे के गर्ने भन्ने विषयमा छलफल भएको यादवले बताए । अहिले मुख्यमन्त्री परिवर्तन गर्ने भन्दा पनि पहिले कांग्रेस सरकार आउन आवश्यक रहेको जोड यादवको थियो ।
सभापति देउवालाई प्रधानमन्त्री बनाउन यादवतर्फका सांसदले हस्ताक्षर गरेको अवस्थामा प्रदेश दुईमा ओलीसँग मिलेर सरकार बनाउने कुरामा लाग्दा यसले के सन्देश जान्छ भन्ने तर्क यादवको रहँदै आएको छ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत जसपाको यादव निकट हुन् ।
जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई समर्थन गर्दै सरकारमा जाने निर्णय गरेपछि जसपा विभाजनको डिलमा छ । विभाजन हुने वित्तिकै यसको मुख्य असर प्रदेश-२ मा नै पर्ने हुनाले त्यहाँ पनि केन्द्रको जस्तै समीकरण हुनपर्ने जोड यादवको छ । तर, राउतलाई निकालेर कांग्रेस नेतृत्वको सरकार त्यहाँ बनाउन जुन खाले सहकार्य पनि गर्न सक्ने प्रकारको धारणा निधिको छ ।
'उपसभापति निधिसँगको छलफल राम्रो भएको र उहाँले सहकार्य केन्द्र जस्तै गर्ने विषयमा दायाँ बायाँ नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ,’ यादवले इकागजसँग भने,‘मैले उहाँलाई भनेको छु, प्रदेश–२ को सरकारमा कांग्रेस तत्काल सहभागी हुन आवश्यक छ । यो हाम्रो औपचारिक प्रस्ताव हो ।’ जसपाले तीन वर्ष नेतृत्व गरिसकेकाले बाँकी कार्यकाल कांग्रेसलाई दिन पनि निधिले जाेड दिएको निधि निकट नेताले बताए । यद्यपि निधि टेलिफोन सम्पर्कमा आउन चाहेनन् ।
यादव निधिसँग छलफलपछि जनकपुर लागेका छन । त्यहाँ रहेर पनि थप छलफल हुने बताइएको छ । १०७ सदस्यीय प्रदेशसभामा तीन निस्कासिन हुनले १०४ जना सदस्य छन् । ति सांसद्मध्ये जसपाका ५५ (यादव पक्ष -३० र ठाकुर पक्ष- २५) छन् ।
एमालेका २१ (माधव समूह-१३ र ओली -८) छन् भने माओवादी केन्द्रका ११, एक अन्य दलको छ । त्यसैले स्पष्ट छ प्रदेश २ मा सरकार निर्माणका लागि ५४ सांसद आवश्यक पर्छ। ओली समूहसँग कांग्रेस मिलेमा अन्यले बल नै गर्न नपर्ने अवस्था रहेकाले निधि कांग्रेसको तर्फबाट मुख्य मन्त्री लिएर ओलीसँग मिल्न पनि तयार देखिएका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया