वर्तमान सरकार सम्पूर्ण रूपमा असफल भयो : विष्णु पौडेल

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् ।
वर्तमान सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारूढ दलका नेताहरूले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे । मंगलबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व उपप्रधानमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन ? भनि प्रश्न पनि गरे।
उनले वर्तमान सरकारलाई खिचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उहाँले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि पटकपटक दोहोर्याए ।
उपाध्यक्ष पौडेलले सरकार परिवर्तनका लागि एमालेसँग संसदको अंंक गणित पर्याप्त नभएकाले त्यतातर्फ ध्यान नदिएको स्पष्ट पारे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया