एनसेल छानबिन समितिले दूरसञ्चारको अधिकारमाथि हस्तक्षेप गर्दैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर खरिदबिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले समितिले दूरसञ्चार प्राधिकरणको नियमाकीय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताएका हुन् । सांसदहरूले एनसेल छानबिन प्राधिकरण आफैँले गर्नसक्ने भए पनि समिति बनाइएको भन्दै समितिको काम, कारबाहीप्रति आशंका व्यक्त गरेका थिए ।
जवाफमा प्रधानमन्त्री दाहालले एनसेल प्रकरणमा प्राधिकरणले प्रचलित कानुन बमोजिम भए/नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने बताए । प्राधिकरणलाई कारबाही गर्न कसैले नरोकेको र समिति बनाएर रोक्ने मनसाय पनि नराखिएको उनले स्पष्ट पारे । उनले एनसेल खरिदबिक्री प्रक्रियामा राजश्व छलि, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानुनी व्यवस्थाको उल्लंघन भएको हो कि भन्ने चासो रहेको उल्लेख गर्दै यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकोले समिति बनाइएको बताए ।
उनले छानबिन समितिको संयोजक टंकमणी शर्मा उपयुक्त पात्र भएको पनि बताए ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधारः उपप्रधानमन्त्री सिंह

कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा
देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत

प्रतिक्रिया