पुस १० देखि चितवन पर्यटन तथा हात्ती महोत्सव हुने

काठमाडौँ- पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो ।
चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह-आयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ । महोत्सव पुस १० बाट १४ गतेसम्म सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोराेना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि सुरु गर्न लागेको बताए ।
विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्वपूर्ण गन्तव्य स्थलको रूपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताए ।
उनले पर्या-पर्यटन सम्बन्धित गतिविधिहरू र स्थानीय उत्पादनहरूलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए ।

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

स्कुटरको ठक्करबाट वृद्धको मृत्यु

महानगर यातायातले सुरु गर्यो विद्युतीय बस सेवा

भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया