जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलन गर्छौं : अध्यक्ष लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।
मंगलबार आइतबारदेखि बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले तत्काल प्रदेशमा रहेका सदस्यहरू फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभइ प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने जिकिर गरे ।
उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यका लागि आह्वान समेत गरे । समान विचारधारा भएकाहरू मिलेर जानुको विकल्प नरहेको भन्दै अध्यक्ष लिङ्देनले एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्न आग्रह गरे ।
अध्यक्ष लिङ्देनले सरकारको एक वर्षे कार्यकाल सुखद् नभएको र देश अर्थतन्त्रसहित सर्वाङ्गीण हिसाबले अधोगतितर्फ गएको दाबी गरे ।

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

प्रतिक्रिया