१९औँ दिनसम्म ‘साम बहादुर’ले कति कमायो ?

मुम्बई- बिक्की कौशल स्टारर फिल्म ‘साम बहादुर’ रिलिज भएको १९ दिन भइसकेको छ ।
थिएटरमा रणवीर कपूरको ‘एनिमल’सँग भिडन्त भएपनि फिल्मले उत्कृष्ट ओपनिङ गरेको थियो र दिनहुँ राम्रो कमाइ गरिरहेको छ ।
यो फिल्मले विश्वभरको कमाइ १०० करोड पार गरिसकेको छ र अब घरेलु बक्स अफिसमा पनि १०० करोडको कमाईमा अघि बढिरहेको छ । तर अहिले चलचित्रको व्यापार घट्न थालेको देखिन्छ ।
सकनिल्कको रिपोर्ट अनुसार फिल्मले १८ औँ दिन १ करोड ६ लाख रुपैयाँ कलेक्सन गरेको थियो भने प्रारम्भिक तथ्यांकअनुसार फिल्मले १९ औँ दिन १ करोड ९ लाख रुपैयाँ कमाएको छ ।
‘सामबहादुर’ले १९औँ दिनको कमाईबाट हालसम्म ७९ करोड २९ लाख भारतीय रुपैयाँ कमाएको छ । अहिले यो फिल्मले बिस्तारै सय करोडको कमाई गरिरहेको छ ।
उता सामबहादुरसँग रिलिज भएको चलचित्र ‘एनिमल’को कुरा गर्दा अहिले पनि दिन प्रतिदिन राम्रो कमाइ भइरहेको छ । १९ औँ दिन पनि फिल्मले ४.२३ करोड कमाएको छ भने घरेलु बक्स अफिसमा फिल्मको कुल कलेक्सन ५२२.१७ करोड पुगेको छ ।

रजनीकान्त बने एसियाकै सबैभन्दा महंगा कलाकार

दिपिका पादुकोणलाई हैरानी जारी, निकालियो कल्कीः२ बाट पनि

कस्तो छ हाउसफुलः ५ ?

दुई हप्तामा नै राजकुमार रावको ‘भुल चुक माफ’ ओटिटीमा रिलिज

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रतिक्रिया