बालिकालाई जबरजस्ती करणी गरी हत्या गर्ने दुई जनालाई जन्म कैदकाे सजाय

उदयपुर- उदयपुर जिल्ला अदालतले दुई जना प्रतिवादीहरूलाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. ६ मोहनपुर कि १६ वर्षीया कृसला चौधरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा पक्राउ परेका सप्तरी जिल्ला सुरुङ्गा नगरपालिका वडा नं. १ बस्ने वर्ष २७ को उचित लाल सदा र सोही ठाउँ बस्ने वर्ष २३ को विषे भन्ने विषय सदालाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला सुनाइएको उदयपुर जिल्ला अदालतका सूचना अधिकारी बुद्धराज निरौलाले जानकारी दिए ।
सूचना अधिकारी निरौलाका अनुसार उनीहरूलाई जीवित रहेसम्म (जन्म कैद) कैद सजायको फैसला संगै जनही तीन लाख पीडित परिवारलाई प्रतिवादीको सम्पत्तिबाट भराउने र तत्काल पीडित राहत कोषबाट दुई लाख पीडितको नजिकको हकदारलाई उपलब्ध गराउने फैसला भएको छ ।
२०७८ साल साउन १३ गते घरबाट बेपत्ता भएकी मृतक कृसलाको २०७८ साल साउन १९ उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. १ स्थित राजदेवी सामुदायिक वनको रातमाटे खहरे खोलामा शव भेटिएको थियो । मृतक कृसला चौधरीको बुबा प्रेमकुमार चौधरीले दिएको किटानी जाहेरीका आधारमा २०७८ साला भदौ २१ गते उदयपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।
उदयपुर जिल्ला अदालतले यसअघि पनि छुट्टाछुट्टै प्रकृतिका दुई मुद्दाका प्रतिवादीलाई जीवित रहेसम्म (जन्म कैद) कैद हुने फैसला गरेको थियो ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया