सभापति देउवापछि शेखरलाई वरिष्ठ नेता नमान्ने भएपछि मधेश प्रदेशमा विवाद

काठमाडौँ- नेपाली कांग्रेस मधेश प्रदेशकाे सम्मेलनमा नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालालाई आसन ग्रहण गराउने विषयमा विवाद देखिएकाे भन्दै मधेश प्रदेशका नाै नेताले असन्तुष्टि जनाएका छन् ।
मधेश प्रदेशकाे पुस ५ र ६ गते हुने पहिलाे सम्मेलनमा पार्टी सभापति शेरबहादुर देउवापछि डा. शेखरलाई राख्न नेपाली कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले नमानेपछि उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
असन्तुष्टि जनाउनेमा मधेश प्रदेशका वरिष्ठ नेता रामसराेज यादव, प्रदेश सदस्य रेखा यादव, प्रमेश पाेखरेल, रविनचन्द्र काेइरला, ताग अनली अन्सारी , उदय नारायण चाैधरी, उमा देवकोटा र नितु झा रहेका छन् ।
अन्य प्रदेश सम्मेलन र विभिन्न कार्यक्रममा डा. शेखरलाई सभापति देउवाभन्दा पछि आसन ग्रहण गराएर कार्यक्रम भइरहँदा मधेशमा भने यस्तो विवाद देखिएकाे हाे ।
यसअघि भएका लुम्बिनी प्रदेश सम्मेलन, गण्डकी प्रदेश सम्मेलन र नुवाकाेट जिल्ला सम्मेलनमा काेइरालाले विशिष्ट अतिथिकाे रूपमा कार्यक्रममा सहभागिता जनाएका थिए ।
कांग्रेसकाे १५ औँ महाधिवेशनमा डा. शेखर सभापतिमा पराजित भएका थिए । कांग्रेस परम्परामा पराजित सभापतिलाई वरिष्ठ नेता मान्ने संस्कृति भए पनि देउवाले त्याे वरियता दिएका छैनन् । तर, विभित्र कार्यक्रममा शेखर वरिष्ठ नेताकाे हैसियतमा कार्यक्रम सहभागी हुँदै आएका छन् ।

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रचण्डको ब्रिफिङ : शिक्षक, निजामति, चिकित्सक र लघुवित्त पीडितको समस्या सरकारला…

प्रतिक्रिया