दुई औषधि पसलमा काठमाडौँ महानगरले गर्यो सिलबन्दी, एउटालाई सुधारको मौका

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज दुई वटा औषधि पसलमा सिलबन्दी गरेको छ । यस्तै एउटालाई सुधारका लागि १५ दिनको समय दिएको छ ।
सिलबन्दी गरिएका पसलहरूमा वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर, वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हल रहेका छन् । यसैगरी वडा नं. १ मा रहेको कृषु आयुर्वेदिक फार्मेसीलाई सुधारका लागि १५ दिनकाे समय दिइएको हाे ।
स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकाले फार्मेसीमा सिलबन्दी गर्नु परेको हो ।
अनुगमनका लागि स्वास्थ्य विभागका अधिकारीसँग महानगर प्रहरी बलको टोली गएको थियो ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया