काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझै बढ्ने
काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, 'काठमाडौँमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।'
काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया