नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा रामु पौडेल चयन

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो २३० औं सञ्चालक समितिको बैठकबाट रामु पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ ।
मंगलबार भएको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बमबहादुर मिश्रसँग अध्यक्ष पदको सपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागीय परिवर्तन पश्चात् नेपाल क्लियरिङ्ग हाउसमा गरिँदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।
पौडेलसँग केन्द्रीय बैंकको विभिन्न विभागमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ ।
नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

प्रतिक्रिया