मन्त्री किरातीको स्पष्टीकरण : धर्मनिरपेक्ष राष्ट्रमा सबै फूल बराबर हुन्, अस्वीकार गर्ने देशद्रोही नै हुन्

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्नपर्ने अवस्था नरहेको बताएका छन् । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री किरातीले बुधबार एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण अहिले आलोचना भइरहेको छ । बिहीबारको समितिको बैठकमा सांसदहरूले पनि मन्त्री किरातीसँग जिज्ञासा राखेपछि उनले यस्तो बताएका हुन् ।
धर्मनिरपेक्षता राष्ट्रमा सबै फूलहरू, धर्मसंस्कृतिकहरू एकै फूलबारीमा फुलेको फूल भएको र फूलबारीका कुनै पनि फूल अस्वीकार गर्नेहरू संविधान विरोधी भएको टिप्पणी गरे । उनले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै एक धर्मले अर्को धर्मलाई नस्वीकार्नेहरू संविधान विरोधी भएको र संविधान नमान्नेहरू देशद्रोही भएको बताए ।
उनले आफूले सो कार्यक्रममा सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भड्काउने कोसिस कसैले गर्नु नहुने बताएको जानकारी गराए । उनले लोकतन्त्रमा सडकमा लठी घुमाउन पाइने तर अर्काको नाकमा हिर्काउन नपाइने बताए । संविधानलाई मानेर निर्वाचन जितेर आएका सांसदहरूले संविधानसम्मत् प्रश्न गर्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री किरातीले संविधान मानिसकेपछि संविधानको लयमा बस्नुपर्ने बताए ।

पार्टीमा मतभेद नभएकाले एकताबद्ध भएर अगाडि बढ्न अध्यक्ष ओलीको निर्देशन

एमाले केन्द्रीय समिति बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

प्रधानमन्त्री ओली भारत भ्रमण जाँदै, तयारीमा जुट्यो परराष्ट्र

खानेपानीमन्त्री यादवद्वारा राति छड्के अनुगमन तथा निरीक्षण

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

प्रतिक्रिया