सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत

काठमाडौँ- सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड ख को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्यामध्ये शून्य दशमलव ५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलित बाहेक) लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ भने अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको प्रवक्ता शर्माले बताइन् ।
त्यस्तै बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको शर्माले जानकारी दिइन् ।

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

सरकार बहुभाषिक पहिचान प्रवद्र्धनमा सरकार प्रतिबद्ध छः मन्त्री पाण्डे

नेपाली गीत सङ्गीत विश्वभर गुञ्जिन थालेको छ: मन्त्री पाण्डे

विपद्मा भनसुनका आधारमा सवारी साधन चलाउन दिए कारवाही हुन्छः गृहमन्त्री लेखक

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

प्रतिक्रिया