अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर

काठमाडौँ- जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन जारी परमादेशबमोजिम हालसम्म कानुन नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म कानुन नबनाएको उल्लेख गर्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले अदालतको अवहेलना मुद्दा दायर गरेका हुन् । उक्त मुद्दामा यही पुस १२ गते सुनुवाइ हुनेछ ।
अदालतको आदेशमा भनिएको थियो, 'जलवायु परिवर्तनलाई अनुकूलन तथा न्यूनीकरण गर्ने सन्दर्भमा एउटा छुट्टै कानुन निर्माण गरी समस्या सम्बोधन गर्न जरुरी भएकाले जलवायु परिवर्तनसम्बन्धी एकीकृत कानुन यथाशीध्र निर्माण गरी लागू गर्नू, गराउनू ।'
विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

सुनसहित विमानस्थलबाट एक जना पक्राउ

गण्डकी प्रदेशमा भूकम्पको धक्का

जलवायु जोखिम समूहको नेतृत्वकर्ताका रुपमा नेपाल स्थापित भएको छ : डा. बनर्जी

विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरबाट

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

प्रतिक्रिया