कांग्रेस सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कांग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै कांग्रेस सांसद राणाले युरोपियन युनियनको रिपोर्टका विषयमा अधिकारीले झुटो बोलेको आरोप लगाएपछि महानिर्देशक अधिकारले आरोपमाथि असहमति प्रकट गरेका हुन् ।
महानिर्देशक अधिकारीले युरोपियन युनियनले पठाएको सेफ्टी रिपोर्ट आफूले हुबहु पढेको भन्दै झुटो बोलेको आरोपप्रति आफ्नो भद्र असहमति रहेको बताए । उनले युरोपियन युनियनले नेपाल वायुसेवा निगममै फोकस भएर अडिट गरी निगमको कमजोरी रिपोर्टमा स्पष्ट रूपमा औंल्याएको दाबी गरे । उनले आफूले कानुनले तोकेको जिम्मेवारीअनुसार काम गर्दै आएको भन्दै कानुन ठीक छैन भनेर आफूले कसरी भन्ने ? भन्दै प्रश्न गरे ।
उनले युरोपियन युनियनको सेफ्टी रिपोर्टको कालोसूचीबाट मुक्त हुँदा नेपाल एयरलाइन्सको वाइडबडी जहाज नै युरोप जाने भन्दै अन्य कुनै पनि एयरलाइन्स नजाने बताए । उनले नेपाल एयरलाइन्सको जहाज नै युरोप जाने भएको कारणले नेपाल एयरलान्समा नै केन्द्रित भएको बताए । यता, इयुले हिमालय एयरलाइन्सको पनि फाइल हेरेको र ठीक रहेको भन्दै अडिट गर्न भने नगएको बताए ।
बैठकमा नेपाली कांग्रेसका सांसद उदय समशेर राणाले क्यान, नेपाल एयरलाइन्स र मन्त्रीको फरक कुराले अलमलमा परेको बताए । उनले क्यानका महानिर्देशकले समितिलाई भनेको कुरा र रिपोर्टमा भनेको कुरा फरक रहेको बताए । उनले क्यानका महानिर्देशक अधिकारीले युरोपियन युनियनले हवाई सेफ्टीको रिपोर्टको विषयमा झुटो बोलेको आरोप लगाए । उनले रिपोर्ट पढ्दै ०.५६ देखि ०.६२ सम्म अधिकांश ठाउँमा क्यानको कमजोरीहरू भएको बताए ।
त्यस्तै बैठकमा बोल्दै नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले आईकाओको कालोसूचीबाट हट्न मात्रै नभएर नियमनकारी निकाय क्यानको नियमअनुसार जहाजहरू उडान गरिरहेको बताए । उनले निगमले जनशक्ति, प्राविधिक र सिस्टमलाई पालना गरेको दाबी गरे । उनले क्यानले वर्षमा एकपटक वायुसेवा निगमको पूर्ण अडिट गर्ने र आवश्यकताअनुसार बीचमा पनि अडिट गरेर नियमअनुसार भए/नभएको प्रमाणित गर्ने गरेको बताए ।
उनले रिपोर्टमा देखिएका २५ वटा सुझावमा २० वटा पूर्ण रूपमा निराकरण भएको र ३ वटा एक महिनाभित्रमा पूरा गर्ने प्रतिबद्धता जनाए । उनले दुई वटा तालिम लगायतका विषय रहेकाले प्रक्रियामा गएको बताए ।
उनले नेपाल वायुसेवा निगमले इयुको मात्रै नभएर अन्य अन्तर्राष्ट्रिय मापदण्डहरू समेत पालना गर्दै आफ्ना जहाजहरू उडान गरिरहेको बताए ।

‘टेक एण्ड पे’ को विषयलाई संशोधन गर्नेगरी छलफल भइरहेको छ : उर्जामन्त्री खड्का

दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्नेमा जोड

मधेस प्रदेशसभा बैठक स्थगन

शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको छः उर्जामन्त्री खड्का

सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन हामी सबैको साझा प्रयास आवश्यकः मन्त्…

उद्यमशीलता र रोजगारी सृजना सरकारको उच्च प्राथमिकताः प्रधानमन्त्री ओली

जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री लेखक

प्रतिक्रिया