लोकतन्त्र मास्न सकिन्छ भनेर कांग्रेसमाथि चौतर्फी प्रहार भयो : शेखर कोइराला

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र मास्न चाहनेहरूले पार्टीमाथि चौतर्फी आक्रमण गरिरहेको बताएका छन् । बुधबार सुनसरीको इनरुवामा आयोजना भएको बृहत् कार्यकर्ता भेला तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्रको भविष्य कमजोर हुने धारणा राखे ।
'कांग्रेस कमजोर बनाएपछि मात्र लोकतन्त्र समाप्त गर्न सकिन्छ भन्ने कुरा उनीहरूलाई थाहा छ । त्यसैले केही शक्तिहरूले कांग्रेस पार्टीलाई चौतर्फी घेराबन्दी गरेर आक्रमण गरिरहेका छन्,' उनले भने ।
नेता शेखर कोइरालाले पार्टीभित्र गुट उपगुट हाबी हुने भए पार्टीमाथि आक्रमणकारी शक्तिलाई थप मलजल हुने धारणा राखे ।
'म पनि एउटा गुटलाई प्रतिनिधित्व गर्छु । मैले गर्ने गुट भनेको वैचारिक हो,' उनले थपे, 'महाधिवेशनमा गुट देखिनु स्वाभाविक हो । तर, गुटकै कारणले चुनाव हराउने काम भइरहेका छन् । यो एकदमै गलत भइरहेको छ यसलाई बहिष्कार गर्नुपर्छ ।'
कांग्रेस भन्ने तर, आफूइतर गुटले टिकट पाए चुनाव हराउन लाग्नेलाई पार्टीमा स्थान दिइरहनु उपयुक्त नहुनेमा कोइरालाले जोड दिए ।
फरक प्रसंगमा उनले नेतृत्वको कार्यशैलीका कारण व्यवस्थामाथि प्रश्न उठिरहेको बताए ।
'नेतृत्वको कार्यशैलीप्रति वितृष्णाका कारण सडकमा मानिसहरू देखिएका छन् । गणतन्त्र र संघीयताविरुद्ध नाराहरू घन्किन थालेका हुन्,' उनले थपे, 'नेतृत्वमा बस्नेहरूको कार्यशैलीका कारण जनता आजित भएर विकल्पको खोज्नुपर्छ भनेका हुन् । हामी सुध्रिए गणतन्त्र र संघीयता मजबुत हुन्छ ।'

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रचण्डको ब्रिफिङ : शिक्षक, निजामति, चिकित्सक र लघुवित्त पीडितको समस्या सरकारला…

प्रतिक्रिया