कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।
बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीमा अहिले अन्तरघात गर्ने रोग लागेको बताए । उनले अहिले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने रूपमा स्थापित गर्न नेता/कार्यकर्ताहरूलाई आग्रह गरे । उनले नेपालको राजनीतिलाई सुदृढीकरण गर्न कांग्रेसले काम गरिरहेको बताए ।
उनले भने, ‘नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा कांग्रेस लाग्नेछ । हामीलाई सहयोग गर्नुहोस् । कांग्रेसले अवश्य नै भोलिका दिनमा नेपालको पूर्ण रूपमा सरकार बनाउन सकोस् । अहिलेको बेला समानुपातिक प्रणाली भएको हुनाले समावेशी प्रणाली भएको हुनाले कसैको पनि बहुमत आउनसक्ने सम्भावना निकै कम हुन्छ । त्यसैले अहिलेको जस्तो हाम्रो सबैभन्दा ठूलो पार्टी भएको छ, भोलिका दिनमा पनि हाम्रो पार्टीलाई अन्तरघात गर्ने रोग लागेको छ, अन्तरघात भन्ने रोग छ, त्यसबाट मुक्त गर्दै पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्नुहोला ।’
सभापति देउवाले आगामी दिनमा कांग्रेसको एकल सरकार बनाउन सक्नुपर्ने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया