प्रधानमन्त्री प्रचण्डले आज विराट एक्स्पो उद्घाटन गर्ने

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विराट एक्स्पोको उद्घाटन गर्दैछन् ।
हिजो साँझ विराटनगर आइपुगेका प्रधानमन्त्री प्रचण्डले आजबाट विराटनगरमा सुरु हुने विराट एक्स्पोको उद्घाटन गर्नेछन् ।
साथै सो अघि बिहान १० बजे सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा नेकपा माओवादी पार्टीको रुपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् ।
मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औधोगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा आजबाट सुरु हुने व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् । विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ ।
आयोजकका अनुसार सो एक्स्पोमा स्वदेशी तथा विदेशीसमेत गरी कुल २४० वटा स्टल रहने छन् ।

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

आवश्यकताअनुसारकै चलचित्र ऐन बन्ने

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

राजर्षि विश्वविद्यालयको सिनेट : रु रु ३७ करोड ९३ लाख बजेट स्वीकृत

प्रतिक्रिया