आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

चाडपर्वका नाममा विद्यालयले फरक पोसाक किन्न बाध्य पारे काठमाडौँ महानगरले कारबाही गर्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्‍चालित विद्यालयले चाडपर्वको नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गर्ने भएको छ । शुक्रबार एक जानकारी दिँदै काठमाडौँ महानगरले चाडपर्वको नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न विद्यार्थीलाई नपार्न अनुरोध गरेको छ ।

'काठमाडौँ महानगरपालिकाभित्र सञ्‍चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ' महानगरले भनेको छ'कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ ।'