धनुषामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागि दुई जना घाइते

काठमाडौँ - धनुषाको हँसपुर नगरपालिका वडा नं. ५ सुगा निकासमा रहेको इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन् ।
स्थानीयको कुटाइले घाइते भएका व्यक्तिको प्रहरीको कुटाइबाट निधन भएपछि आक्रोशित स्थानीय प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपको क्रममा भीडलाई हटाउन प्रहरीले गरेको हवाई फायरको क्रममा दुई जनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्डलको दाहिने हातमा गोली लागेको हो । प्रहरीको गोली लागेर दुई जनासहित झडपमा परी तीन जना घाइते भएको स्थानीयले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार आक्रोशित स्थानीयको भिडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्म रक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीऊपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादको क्रममा पकाउ गरी इलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी स.ई. तुलानन्द ठाकुरको पिटाइबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयले जनाएको छ । घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारकालागि काठमाडौं रिफर गरिएको छ । प्रहरीको गोली लागि घाइते भएका दुवै जनाको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने माग गरिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया